आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

दुई दिनको वृद्धिपछि पुन: ओरालोतिरै सेयर बजार

बुधबार, भदौ ४ २०८२
दुई दिनको वृद्धिपछि पुन: ओरालोतिरै सेयर बजार

आज १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने दुईवटा कम्पनीको स्थिर रहेको छ।

काठमाडौं- लगातार दुईदिन वृद्धितर्फ लागेको सेयर बजार बुधबार पुन: ओरालोतर्फै लागेको छ। यो साता पहिलो कारोबार दिन आइतबार घटेर सोमबार र मंगलबार बढेको बजार बुधबार ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा झरेको छ।

बुधबार ५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब २० करोड ७ लाख रूपैयाँको कारोबार भएको छ। आज १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने दुईवटा कम्पनीको स्थिर रहेको छ।

यो साता आइतबार २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा ओर्लिएको सेयर बजार सोमबार ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा उक्लिएको थियो। मंगलबार पनि बजार ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेको थियो।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।


प्रकाशित : बुधबार, भदौ ४ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend