शनिबार, मंसिर ८ गते २०८१    
images
images

बलेफी हाइड्रोपावरको आईपीओ आवेदनको म्याद थप

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
images
बलेफी हाइड्रोपावरको आईपीओ आवेदनको म्याद थप
images
images

काठमाडौं- बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण सेयरको बिक्री खुला अवधि थप गरेको छ। अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

images
images
images

कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गरेको थियो। तीमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र जुगल गाउँपालिकाको वडा २, ३ र ४ का बासिन्दाका लागि तथा आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्र जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ र सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि सात लाख ३१ हजार १८८ कित्ता सेयर खरिदका लागि दर्खास्त माग गरेको थियो।

images

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयले छिटोमा आज फागुन १२ सम्ममा आवेदन दिनुपर्ने थियो तर यो अवधिसम्म मागबमोजिम दर्खास्त प्राप्त नभएका कारण आवेदनको समय फागुन १९ सम्म थप गरिएको कम्पनीले जनाएको छ। जसअनुसार आयोजना क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि फागुन १९ सम्म आवेदन दिन पाउनेछन्।

images

कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत ७ अर्ब ६५ करोड रूपैयाँ हुने जनाएको छ। 

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend