आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ५ अर्बमा सीमित

मंगलबार, भदौ ३ २०८२
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ५ अर्बमा सीमित

मंगलबार १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

काठमाडौं- यो साता आइतबार घटेर सोमबार बढेको सेयर बजारमा मंगलबार पनि सामान्य वृद्धि देखिएको छ।

मंगलबार ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा उक्लिएको बजारमा ५ अर्ब ६३ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ। मंगलबार १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

यो साता आइतबार २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा ओर्लिएको सेयर बजार सोमबार भने ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा उक्लिएको थियो। सोमबार ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएकामा मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend