बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

चालु आवको पहिलो महिनामै रोजगारीका लागि बाहिरिने युवाको सख्या १२.५३ प्रतिशतले बढ्यो

मंगलबार, भदौ ३ २०८२
चालु आवको पहिलो महिनामै रोजगारीका लागि बाहिरिने युवाको सख्या १२.५३ प्रतिशतले बढ्यो

विभागका अनुसार चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ६८ हजार १ सय १० रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनमै वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को साउनको तुलनामा चालु आवको साउनमा वैदेशिक रोजगारीका जाने युवाको संख्यामा १२.५३ प्रतिशतले बढेको हो।

विभागका अनुसार चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ६८ हजार १ सय १० रहेको छ। गत आवको साउन महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ५९ हजार ५ सय ७५ रहेको थियो।

विभागका अनुसार चालु आवकै साउन महिनामा म्यानपावरमार्फत नयाँ कामका विदेशिने युवाको संख्या ३१ हजार ८ सय ३० रहेको छ।

यसैगरी, बिदामा नेपाल आइ पुन: रोजगारीका लागि बाहिरिने युवाको संख्या २३ हजार ६ सय ४४ र व्यक्तिगत भिसामा जाने युवाको संख्या ११ हजार ७ सय ७२ रहेको छ। यसैगरी जीटुजीमार्फत विदेशिने युवाको संख्या ८ सय ६४ रहेको छ।


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend