काठमाडौं- हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड गत आर्थिक वर्ष २०८१/८२ को लाभांश प्रस्ताव गर्ने पहिलो कम्पनी बनेको छ। म्युचुअल फण्डहरुले लाभांश प्रस्ताव गरिसके पनि अन्य कम्पनीहरुबीच हाथवेले सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको हो।
यही भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको आधारमा कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअन्तर्गत १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश रहनेछ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीले लाभांश वृद्धि गरेको छ। अघिल्लो वर्ष हाथवेले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गरेको थियो।