काठमाडौं- रसियाले सैन्य आक्रमण गरेपछि युक्रेनको नागरिक उडान सेवा बन्द भएको छ।
सैन्य बाहेकको नियमित उडान बन्द गरिएको हो।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्न सैनिकलाई अनुमति दिएका थिए। त्यसलगत्तै युक्रेनले सैनिक बाहेकको उडान सेवा बन्द गरेको हो।
युक्रेनका विमानस्थलमा मात्र नभएर युक्रेनको एयरस्पेस नै सैन्य बाहेकका उडानलाई बन्द गरिएको छ।