आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

राष्ट्र बैंकले बढायो चाँदी आयातको सीमा, एकपटकमा ५ लाख डलरसम्मको आयात गर्न पाइने

आइतबार, भदौ १ २०८२
राष्ट्र बैंकले बढायो चाँदी आयातको सीमा, एकपटकमा ५ लाख डलरसम्मको आयात गर्न पाइने

काठमाडौं- नेपाल राष्ट्र बैंकले चाँदी उद्योगलाई राहत पुग्नेगरी आयातको सीमा बढाएको छ। यसअघि एकपटकमा तीन लाख डलरसम्मको चाँदी आयात गर्न पाउनेमा यो सीमा बढाएर ५ लाख पुर्‍याएको छ।

राष्ट्र बैंकले पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चिति रहेकाले चाँदी आयातको सीमा बढाएको हो। नयाँ व्यवस्थाअनुसार चाँदीका भाँडाकुडा तथा कलात्मक समाग्री बनाउने उद्योगका लागिमात्रै खुला गरिएको राष्ट्र बैंकले जनाएको छ।

अन्य आयातकर्ताका लागि भने एकपटकमा एक लाख डलरसम्मको मात्रै चाँदी आयात गर्न पाउने सीमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ १ २०८२१९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend