आइतबार, असोज ६ गते २०८१    
images
images

एकैदिन २५ सय रूपैयाँले बढ्यो सुनको मूल्य 

images
बिहीबार , फागुन १२ २०७८
images
images
एकैदिन २५ सय रूपैयाँले बढ्यो सुनको मूल्य 

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेर १ हजार ३ सय १५ रूपैयाँ पुगेको छ।

images
images

काठमाडौं- सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५ सयले बढेर ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

सुन बुधबार प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रूपैयाँ तोकिएको छ। जसको मूल्य बुधबार प्रतितोला ९६ हजार थियो।

त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेर १ हजार ३ सय १५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

images

नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस एक हजार ९ सय ३९ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend