आइतबार, असोज ६ गते २०८१    
images
images

संसदमा एमसीसीमाथि छलफल हुँदै, अर्थमन्त्रीले प्रस्ताव पेस गर्ने कार्यसूची

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
images
संसदमा एमसीसीमाथि छलफल हुँदै, अर्थमन्त्रीले प्रस्ताव पेस गर्ने कार्यसूची

सरकारले यही फागुन ८ गते आइतबार एमसीसी सदनमा टेबल गरेपछि आजको बैठकमा यस विषयमा सामान्य छलफल हुनेछ।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आज बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

images
images
images

बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यक्रम राखिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखेका छन्।

बिहीबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसले बुधबार आफ्ना सबै सांसदहरुलाई निर्देशन दिइसकेको छ। 

सरकारले यही फागुन ८ गते आइतबार एमसीसी सदनमा टेबल गरेपछि आजको बैठकमा यस विषयमा सामान्य छलफल हुनेछ। अघिल्लो बैठकमा अर्थमन्त्री शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि उहाँ अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए।

images

एमसीसीका बारेमा साझा धारणा बनाउन सत्ता साझेदार दलहरुबीच प्रयास भइरहेको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले भोलि बस्ने कार्याकारिणी समितिको बैठकले एमसीसीबारे औपचारिक धारणा राख्ने भएको छ। यस्तै सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend