बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
images
अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै
images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन्। जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

images
images

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शङ्कर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए। आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८ सय ७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा ८ हजार ९ सय ९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए। त्यस्तै आव २०७७/७८ मा ९ सय हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा ९ हजार ८ सय मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ। 

images
images

चालु आव २०७८/७९ मा जिल्लाको ९ सय ५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा ९ हजार ९ सय ५० मेट्रिक टन अदुवा मात्रै उत्पादन भएको छ। अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए। जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टन मात्रै रहेको पौडेलको भनाइ छ। 

images
images

जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौँ, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिए। अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताए। जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ। रासस 


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend