आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

बैंकको ब्याजदर घटेको घट्यै, भदौमा औसत अधिकतम ५.५७ प्रतिशतमात्रै, लगानीकर्तालाई अवसरै अवसर

शनिबार, साउन ३१ २०८२
बैंकको ब्याजदर घटेको घट्यै, भदौमा औसत अधिकतम ५.५७ प्रतिशतमात्रै, लगानीकर्तालाई अवसरै अवसर

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५.६९ प्रतिशतविन्दु रहेकोमा भदौमा घटेर ५.५७ प्रतिशतविन्दु पुगेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत ब्याजदर ४.११ प्रतिशतविन्दुबाट घटेर ३.९६ प्रतिशतविन्दुमा सीमित भएको छ।

काठमाडौं- दुई वर्षयता निरन्तर घट्दै आएको बैंकको ब्याजदर चालु आर्थिक वर्षमा पनि झर्ने ट्रेण्डमै देखिएको छ। निक्षेपमा ब्याजदर घट्दा यसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा पनि देखिन थालेको छ।

बैंकिङ क्षेत्रमा ऋण लगानीको नयाँ सम्भावना नखुलेसम्म ब्याजदर अझै लामो समयसम्म घट्ने संकेत देखिएको छ। निक्षेप संकलनको दबाब कम हुँदै गएकाले बैंकहरूले ब्याजदर क्रमशः घटाइरहेका छन्। यसले बचतकर्तालाई निराश बनाएको छ भने ऋण ग्राहकहरूका लागि भने राहत मिलेको छ। तर पनि ऋण लगानी भने अझै हुन सकेको छैन।

अर्थतन्त्र सुस्त हुँदा निजी क्षेत्रको माग नबढ्दा ऋण लगानी विस्तार समस्या देखिएको छ। जसको असर सिधा बैंकको वित्तीय विवरणमा समेत पर्दै आएको छ। नयाँ लगानीका क्षेत्र नखुल्दा निक्षेप संकलनमा वृद्धि भए पनि त्यसको उपयोग हुन नसक्दा ब्याजदर घट्ने ट्रेण्ड रोकिएको छैन।

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार साउनको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप दुवैमा बैंकहरूको औसत ब्याजदर घटेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५.६९ प्रतिशतबिन्दु रहेकोमा भदौमा घटेर ५.५७ प्रतिशतबिन्दु पुगेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत ब्याजदर ४.११ प्रतिशत बिन्दुबाट घटेर ३.९६ प्रतिशतबिन्दुमा सीमित भएको छ।

साउनको तुलनामा २० वाणिज्य बैंकमध्ये ८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने केवल एक बैंकले मात्र बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका छन् भने प्रभु बैंकले भने बढाएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा साउनमा अधिकतम ६.२६ प्रतिशत ब्याज दिँदै आएकोमा भदौमा घटाएर ५.१३ प्रतिशत पुर्‍याएको छ।  जसअन्तर्गत १.१३ प्रतिशतले घटेको छ। यसैबीच प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशतले बढाएर ५.३५ प्रतिशत पुर्‍याएको छ। साउन महिनामा सबैभन्दा कम ब्याज दिने प्रभु बैंक नै भदौमा ब्याजदर बढाउने एकमात्र बैंक बनेको हो।

व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा सबैभन्दा बढी ब्याजदर दिने बैंक एनआईसी एसिया बैंक रहेको छ। सो बैंकले अधिकतम ६.२५ प्रतिशत ब्याज दिने भएको हो, जुन दर साउन महिनाकै निरन्तरतामा रहेको छ। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकले प्रस्ताव गरेको छ। जसले अधिकतम ५ प्रतिशत ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा भने ७ वाणिज्य बैंकले मात्र ब्याजदर घटाएका छन्। कुनै पनि बैंकले बढाएको छैन। यस खालको निक्षेपमा औसत ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटेको छ।

भदौ २०८२ का लागि वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर

क्र.सं.

बैंकको नाम

व्यक्तिगत (साउन)

व्यक्तिगत (भदौ)

फरक

संस्थागत (साउन)

संस्थागत (भदौ)

फरक

स्ट्याण्डर्ड चार्टर्ड बैंक

६.२६

५.१३

-१.१३

३.००

२.७५

-०.२५

लक्ष्मी सनराइज बैंक

५.५०

५.००

-०.५०

४.५०

४.००

-०.५०

एभरेष्ट बैंक

६.२५

५.७५

-०.५०

५.२५

४.७५

-०.५०

सानिमा बैंक

६.१८

५.७५

-०.४३

४.००

३.७५

-०.२५

कुमारी बैंक

५.६१

५.२१

-०.४०

४.०१

४.०१

सिद्धार्थ बैंक

५.७५

५.५०

-०.२५

४.७५

४.००

-०.७५

कृषि विकास बैंक

५.४०

५.२०

-०.२०

३.५०

२.८५

-०.६५

नेपाल एसबिआई बैंक

५.३५

५.२५

-०.१०

४.३५

४.२५

-०.१०

सिटिजन्स बैंक

५.५०

५.५०

३.००

३.००

१०

प्राइम कमर्शियल बैंक

६.००

६.००

३.१०

३.१०

११

नेपाल बैंक

५.४०

५.४०

३.७५

३.७५

१२

राष्ट्रिय वाणिज्य बैंक

५.५०

५.५०

४.००

४.००

१३

माछापुच्छ्रे बैंक

६.००

६.००

४.००

४.००

१४

नबिल बैंक

५.५०

५.५०

४.०५

४.०५

१५

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

५.२५

५.२५

४.२५

४.२५

१६

ग्लोबल आईएमई बैंक

६.००

६.००

४.२५

४.२५

१७

एनएमबी बैंक

६.००

६.००

५.००

५.००

१८

हिमालयन बैंक

६.००

६.००

५.००

५.००

१९

एनआईसी एसिया बैंक

६.२५

६.२५

५.२५

५.२५

२०

प्रभु बैंक

४.२५

५.३५

+१.१०

३.२५

३.२५

 


प्रकाशित : शनिबार, साउन ३१ २०८२१४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend