आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

वितरणयोग्य प्रतिसेयर नाफामा २० बैंकमध्ये पहिलो एभरेष्ट बैंक, अन्य कुन बैंकको कति?

शुक्रबार, साउन ३० २०८२
वितरणयोग्य प्रतिसेयर नाफामा २० बैंकमध्ये पहिलो एभरेष्ट बैंक, अन्य कुन बैंकको कति?

काठमाडौं- वाणिज्य बैंकहरूको विवरणअनुसार वितरणयोग्य प्रतिसेयर नाफामा एभरेष्ट बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म एभरेष्ट बैंकले प्रतिसेयर ३८ रुपैयाँ २७ पैसाको वितरणयोग्य नाफा आर्जन गरेको हो।

कुल २० वाणिज्य बैंकहरूले २०८१/८२ को चौथो त्रैमासमा ७१ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको ४९ अर्ब ८६ करोड रुपैयाँको तुलनामा ४३.३९ प्रतिशतले वृद्धि भएको हो। बैंकहरूले प्रतिसेयर आम्दानी पनि राम्रो देखिएको छ।

वितरणयोग्य प्रतिसेयर नाफामा दोस्रो स्थानमा रहेको सानिमा बैंक लिमिटेडको २० रुपैयाँ ४७ पैसा, तेस्रो स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ रुपैयाँ ८५ पैसा र चौथो स्थानमा नबिल बैंक लिमिटेडको १७ रुपैयाँ ६४ पैसा रहेको छ।

कुल नाफामा दोस्रो स्थानमा रहे पनि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रतिसेयर वितरणयोग्य नाफामा सबैभन्दा न्यून रकम देखाएको छ। यस अवधिमा चार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ऋणात्मक रहेको छ।


प्रकाशित : शुक्रबार, साउन ३० २०८२१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend