आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

हिमालयन डिस्टिलरीको नाफा १६१ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि उत्साहजनक सुधार

शुक्रबार, साउन ३० २०८२
हिमालयन डिस्टिलरीको नाफा १६१ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि उत्साहजनक सुधार

कम्पनीको स्थायी सम्पत्ति ९३.२६ प्रतिशतले बढेर ९३ करोड ७१ लाख रूपैयाँ पुगेको छ भने लगानी ११ करोड १२ लाख रूपैयाँ पुगेको छ।

काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उत्कृष्ट वित्तीय सूचक सार्वजनिक गरेको छ। जसमा आम्दानी र नाफामा उल्लेख्य वृद्धि देखिएको छ।

कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब १५ करोड रूपैयाँबाट ७३.३० प्रतिशतले बढेर ७ अर्ब २० करोड रूपैयाँ पुगेको छ। अन्य आम्दानी ०.८५ प्रतिशतले बढेर ६ करोड ६९ लाख रूपैयाँ कायम भएको छ।

खर्चतर्फ प्रशासनिक खर्च ५९.०५ प्रतिशत बढेर ११ करोड ३८ लाख रूपैयाँ पुगेको छ भने बिक्री तथा वितरण खर्च ४.३७ प्रतिशत घटेर ४५ करोड ७६ लाख रूपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १६१.१३ प्रतिशतले बढेर ९५ करोड ३३ लाख रूपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३६ करोड ५० लाख रूपैयाँभन्दा दोबरभन्दा बढी हो। यसले वार्षिक प्रतिसेयर आम्दानी १२७ प्रतिशतले बढाएर ३१ रूपैयाँ ०२ पैसा पुर्‍याएको छ। प्रतिसेयर नेटवर्थ ८.२० प्रतिशतले बढेर १३५ रूपैयाँ ८४ पैसा पुगेको छ।

कम्पनीको चुक्ता पुँजी १५ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रूपैयाँ पुगेको छ भने अन्य इक्विटी (रिटेन्ड अर्निङ) ६१.३२ प्रतिशतले बढेर १ अर्ब १० करोड रूपैयाँ पुगेको छ।

कम्पनीको स्थायी सम्पत्ति ९३.२६ प्रतिशतले बढेर ९३ करोड ७१ लाख रूपैयाँ पुगेको छ भने लगानी ११ करोड १२ लाख रूपैयाँ पुगेको छ। बिक्री क्रेडिटमा बढेकाले व्यापारिक देयक ६ गुणाभन्दा बढी बढेर १५ लाख ६२ हजार रूपैयाँ पुगेको छ।


प्रकाशित : शुक्रबार, साउन ३० २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend