आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नेपाल लाइफको नाफा १७.३७ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सुधार

शुक्रबार, साउन ३० २०८२
नेपाल लाइफको नाफा १७.३७ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सुधार

कम्पनीको खुद नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ६० करोड रूपैयाँ नाफा आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानी, बीमा शुल्क र नाफामा वृद्धि भएको छ। कम्पनीको खुद नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रूपैयाँ पुगेको छ।

कम्पनीका अनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४० अर्ब ११ करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ४७ अर्ब ६६ करोड रूपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो।

बीमा शुल्कसँगै कुल आम्दानी पनि १५.४३ प्रतिशतले बढेर उल्लेख्य सुधार भएको कम्पनीको विवरणमा उल्लेख छ। नाफा पनि उकालो लाग्दै समीक्षा अवधिमा १७ रूपैयाँ ३७ पैसाले बढेर ६० करोड ३२ लाख रूपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी ४२ पैसाले बढेर ६ रूपैयाँ ६८ पैसा पुगेको छ भने असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात ११५.६८ गुणा र प्रतिसेयर नेटवर्थ १३६ रूपैयाँ ७५ पैसा कायम भएको छ।

९ अर्ब २ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रूपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रूपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रूपैयाँ रहेको छ।


प्रकाशित : शुक्रबार, साउन ३० २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend