बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २९ २०८२
images
images
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता हुँदै

आज मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भइ आदानप्रदान हुनेछ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ।

images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भइ आदानप्रदान हुनेछ।

images
images

गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

images
images
images

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो। प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ। 


प्रकाशित : बिहीबार , साउन २९ २०८२११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend