आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढेर ४ अर्ब रुपैयाँ पुग्यो, वितरणयोग्य नाफामा सुधार

बिहीबार , साउन २९ २०८२
लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढेर ४ अर्ब रुपैयाँ पुग्यो, वितरणयोग्य नाफामा सुधार

लक्ष्मी सनराइज बैंकको आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो। जुन नाफा ४०.९७ प्रतिशतले बढेको छ।

काठमाडौं- लक्ष्मी सनराइज बैंकको आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो। जुन नाफा ४०.९७ प्रतिशतले बढेको छ।

बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो रकम १२ अर्ब ३६ करोड रुपैयाँ थियो। तर, खुद शुल्क तथा कमिसन आम्दानी १० प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी १४ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ६ अर्ब ९ करोड रुपैयाँमा पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेकाले लाभांश वितरण क्षमता १२.३४ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो।

चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोष १८ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ। निक्षेप ३ खर्ब ६७ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ७५ अर्ब रुपैयाँमा पुगेको बैंकले जनाएको छ। निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७.१५ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १२ रुपैयाँ भन्दा बढेको हो। प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.१३ गुणा छ। खराब कर्जा ४.२५ प्रतिशत कायम भएको छ।

एलएस बैंकले वित्तीय वर्षभरि नाफा वृद्धि, कर्जा व्यवस्थापन र स्थिर सञ्चालन आम्दानीमार्फत आफ्नो वित्तीय सुदृढीकरण कायम राख्न सफल भएको छ।


प्रकाशित : बिहीबार , साउन २९ २०८२०८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend