काठमाडौं- नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ।
बैंकले चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संचालन आम्दानी, शुल्क र कमिसन तथा ब्याज आम्दानीमा वृद्धि गर्दै आफ्नो वित्तीय स्थिति मजबुत बनाएको छ।
बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३६ करोड रुपैयाँ नजिक पुगेको छ भने सञ्चालन खर्च ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। यस आधारमा सञ्चालन नाफा १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। करपूर्व नाफा १ अर्ब ९६ करोड रुपैयाँमा कायम भएको छ भने करबापत १६ करोड रुपैयाँ छुट्याएपछि खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ कायम भएको बैंकले जनाएको छ।
असार मसान्तसम्म बैंकको कुल निक्षेप ६८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२ अर्ब १९ करोड रुपैयाँमा रहेको छ। बैंकको निक्षेप र कर्जा अनुपात ६२ प्रतिशत रहेको छ। खराब कर्जा अनुपात घटेर ४.५ प्रतिशतमा झरेको छ।
बैंकको रिटर्न अन इक्विटी १३ प्रतिशत, आधारदर ४.७८ प्रतिशत र ब्याज दर फैलावट ३.७५ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा कायम भएको छ।
नेपाल एसबीआई बैंकले आफ्नो वित्तीय सुदृढीकरण, निक्षेप संकलन र कर्जा व्यवस्थापनमा सन्तुलन कायम राख्दै आगामी वर्ष पनि नाफा वृद्धि गर्ने लक्ष्य राखेको छ।