आइतबार, असोज ६ गते २०८१    
images
images

सञ्चालकले गरे सहकारीको ६ करोड हिनामिना, ठगी कसुरमा अनुसन्धान सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
images
images
सञ्चालकले गरे सहकारीको ६ करोड हिनामिना, ठगी कसुरमा अनुसन्धान सुरु

१५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रूपैयाँ दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ। बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए।

images
images

काठमाडौं- काठमाडौंको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ।

images
images
images

उनीहरूले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका-३० बस्ने वर्ष ४२ का सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं-१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन्। उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।

सिआइवी प्रवक्ता महतोले भने, 'निक्षेपकर्ता सदस्यले बचत गरेको रकम सञ्चालकको मिलेमतोमा सहकारी खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखी रकम दुरुपयोग गरेको पाइएको छ, दुवैलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ।'

images

उनीहरूले १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रूपैयाँ दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ। बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए।

सहकारी ठगी कार्यमा संलग्न रहेको भनी बचतकर्ताले दिएको जाहेरीका आधारमा सिआइवीको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो। प्रहरीले अन्य बचतकर्ताले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनी कारबाहीका लागि जानकारी गराउनु ब्यूरोले अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend