शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

युक्रेन भ्रमणमा नजान आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
images
images
युक्रेन भ्रमणमा नजान आग्रह
images
images

काठमाडौं- युक्रेनमा रहेका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।

images
images

मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ।

images
images

नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।

images
images

त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


प्रकाशित : बुधबार, फागुन ११ २०७८१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend