आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

ओरालोतिरै सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

बुधबार, साउन २८ २०८२
ओरालोतिरै सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- गएको दुई सातामा १३२.२७ अंकले घटेको सेयर बजार यो साताको तीन कारोबारमा पनि ओरालोतिर नै लागेको छ।

यो साता पहिलो कारोबारमा सोमबार २७.९० अंक र मंगलबार २६.२२ अंकले घटेको बजार बुधबार १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा झरेको छ। ८९ कम्पनीको सेयर मूल्य घटेको बजारमा ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यही साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले पुन: बजार त्यही अवस्थामा देखिन्छ। 

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।


प्रकाशित : बुधबार, साउन २८ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend