आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नु हुँदैन : मन्त्री झाँक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
images
images
एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नु हुँदैन : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन।उनीले पत्रकारसँग कुराकानी गर्दै सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन्।

images
images

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन। उनले पत्रकारसँग कुराकानी गर्दै सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन्।

images
images

उनले, 'कि त सरकार छोडेर सडकमा जानु पर्‍यो। कि सरकारमा बसेर सडकमा जानु भएन।' सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो।

images
images

उनले भनिन्, 'विरोधाभाष कुरा हुँदैन। पाटीले  निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन।' सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरू ब्याक हुने बताइन्।

images
images
images

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताए। एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो।

पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन्।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताइन्। रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend