मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

ताराले सुरु गर्‍यो इलाममा व्यावसायिक उडान

images
बुधबार, फागुन ११ २०७८
images
images
ताराले सुरु गर्‍यो इलाममा व्यावसायिक उडान
images
images

काठमाडौं- यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु गरेको छ। फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एयरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक सम्पन्न भएको हो।

images
images
images

तारा एयरको नाइन एनएलओ टुइनअटर वायुयान बुधबार बिहान १०:४० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट उडेर ११:२७ मा सुकिलुम्बा एयरपोर्टमा अवतरण गरेको थियो।

images
images

तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो। टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एयरका प्राबिधिक टोलि गरि १४ जना यात्रुहरू पहिलो व्यवसायिक उडानमा सहभागी भएका थिए।

images
images
images

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत लगायत पर्यटन व्यवसायिहरुले उक्त उडानमा सहभागीहरुलाई स्वागत गरेका थिए। ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नु अघि २०७५ जेठ २१ गते तारा एयरले नै पहिलो परीक्षण उडान गरेको थियो।

बुधबार पहिलो व्यवसायिक उडान सुरु गरेको तारा एयरले आइतबार र बिहीबार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयर अन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरेको छ। उनका अनुसार यो गन्तव्यको उडान दुरी करिव एक घण्टाको छ।


प्रकाशित : बुधबार, फागुन ११ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend