आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

माउन्टेन इनर्जीको नाफा ६२ करोड ९० लाख रुपैयाँ, अन्य वित्तीय सूचकमा समेत सुधार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २८ २०८२
माउन्टेन इनर्जीको नाफा ६२ करोड ९० लाख रुपैयाँ, अन्य वित्तीय सूचकमा समेत सुधार

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २४.१७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १७.८७ रुपैयाँ रहेको थियो। कम्पनीको नेट वर्थ प्रति सेयर १५२.११ रुपैयाँ कायम भएको छ ।

काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा ६२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको कुल आम्दानी १३ अर्ब ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ९ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

बीमा दाबीबाट कम्पनीले ८० लाख ६२ हजार रुपैयाँ आम्दानी हासिल गरेको छ। बिक्री लागत २५ करोड ८७ लाख रुपैयाँ र अन्य प्रत्यक्ष खर्च १९ करोड ३७ लाख रुपैयाँ रहेका छन्। परिचालन खर्च र मर्मत खर्च कटौती पछि कम्पनीले ८९ करोड २१ लाख रुपैयाँ सञ्चालन नाफा देखाएको छ।

वित्तीय खर्च २४ करोड ४३ लाख रुपैयाँ रहेको छ भने कर्मचारी बोनसमा १ करोड २९ लाख रुपैयाँ खर्च भएको छ। कर तिर्नुअघि कम्पनीको नाफा ६३ करोड ६० लाख रुपैयाँ पुगेको थियो भने कर कटौतीपछि खुद नाफा ६२ करोड ९० लाख रुपैयाँ कायम भएको छ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २४.१७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १७.८७ रुपैयाँ रहेको थियो। कम्पनीको नेट वर्थ प्रति सेयर १५२.११ रुपैयाँ कायम भएको छ ।

यो नतिजाले माउन्टेन इनर्जीको आर्थिक स्थिति थप मजबुत भएको संकेत दिएको छ।

प्रकाशित : बुधबार, साउन २८ २०८२०८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend