बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

माउन्टेन इनर्जीको नाफा ६२ करोड ९० लाख रुपैयाँ, अन्य वित्तीय सूचकमा समेत सुधार

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २८ २०८२
images
images
माउन्टेन इनर्जीको नाफा ६२ करोड ९० लाख रुपैयाँ, अन्य वित्तीय सूचकमा समेत सुधार

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २४.१७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १७.८७ रुपैयाँ रहेको थियो। कम्पनीको नेट वर्थ प्रति सेयर १५२.११ रुपैयाँ कायम भएको छ ।

images
images

काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा ६२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको कुल आम्दानी १३ अर्ब ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ९ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

images

बीमा दाबीबाट कम्पनीले ८० लाख ६२ हजार रुपैयाँ आम्दानी हासिल गरेको छ। बिक्री लागत २५ करोड ८७ लाख रुपैयाँ र अन्य प्रत्यक्ष खर्च १९ करोड ३७ लाख रुपैयाँ रहेका छन्। परिचालन खर्च र मर्मत खर्च कटौती पछि कम्पनीले ८९ करोड २१ लाख रुपैयाँ सञ्चालन नाफा देखाएको छ।

images
images

वित्तीय खर्च २४ करोड ४३ लाख रुपैयाँ रहेको छ भने कर्मचारी बोनसमा १ करोड २९ लाख रुपैयाँ खर्च भएको छ। कर तिर्नुअघि कम्पनीको नाफा ६३ करोड ६० लाख रुपैयाँ पुगेको थियो भने कर कटौतीपछि खुद नाफा ६२ करोड ९० लाख रुपैयाँ कायम भएको छ।

images
images
images

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २४.१७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १७.८७ रुपैयाँ रहेको थियो। कम्पनीको नेट वर्थ प्रति सेयर १५२.११ रुपैयाँ कायम भएको छ ।

यो नतिजाले माउन्टेन इनर्जीको आर्थिक स्थिति थप मजबुत भएको संकेत दिएको छ।


प्रकाशित : बुधबार, साउन २८ २०८२०८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend