आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार

बुधबार, साउन २८ २०८२
ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। जसको आधारमा लाभांश क्षमता १४.११ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यो मात्र ५० करोड ६७ लाख रुपैयाँ थियो।

काठमाडौं- ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँमा सीमित रह्यो। गत वर्ष बैंकले १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। जसको आधारमा लाभांश क्षमता १४.११ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यो मात्र ५० करोड ६७ लाख रुपैयाँ थियो।

चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको बैंकको जगेडा कोष २४ अर्ब २१ करोड रुपैयाँ कायम छ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड २० लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले वृद्धि भई २१ अर्ब २७ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँमा आएको छ।

निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.४६ प्रतिशतले वृद्धि भई ४ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ, जुन अघिल्लो वर्षको १६.९९ रुपैयाँभन्दा केही कम हो। प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात १५.९५ गुणा छ।

खराब कर्जा दर ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत रहेको छ।


प्रकाशित : बुधबार, साउन २८ २०८२०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend