आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

शिवम् सिमेन्टको नाफा ७९ करोड ४१ लाख पुग्यो,प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ

बुधबार, साउन २८ २०८२
शिवम् सिमेन्टको नाफा ७९ करोड ४१ लाख पुग्यो,प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ मात्र थियो। यस अवधिमा कम्पनीको नाफा करिब तीन गुणा बढेको हो।

काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ मात्र थियो। यस अवधिमा कम्पनीको नाफा करिब तीन गुणा बढेको हो।

कम्पनीको आम्दानी ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ। उत्पादन लागत कटाएपछि १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा रह्यो। अन्य आम्दानीसहित सञ्चालन नाफा ९४ करोड ६६ लाख रुपैयाँ भएको छ।

असार मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १४.१५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ। तरलता अनुपात २३०.८७ प्रतिशत छ। कम्पनीको चुक्ता पुँजी ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र जगेडा कोष ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ छ।

यस अवधिमा कम्पनीले मोर्डन इनफ्रास्ट्रक्चर प्रा.लि., होङ्सी शिवम् सिमेन्ट, अरविन्द इम्पोरियम लगायतका सहायक तथा सम्बन्धित संस्थासँग ठूलो मात्रामा कारोबार गरेको छ।


प्रकाशित : बुधबार, साउन २८ २०८२०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend