बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

मल, बीउ र सिँचाइको व्यवस्था गर्न सांसदको अनुरोध

images
मंगलबार, साउन २७ २०८२
images
images
मल, बीउ र सिँचाइको व्यवस्था गर्न सांसदको अनुरोध

आजको बैठकको शून्य समयमा उनीहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- राष्ट्रियसभामा सासंदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन्।

images

आजको बैठकको शून्य समयमा उनीहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए।

images
images

सांसदहरू पूजा चौधरी, रेनु चन्द र विष्णुकुमारी सापकोटाले खडेरीले समयमा रोपाइँ गर्न नपाएका किसानलाई मल र बीउका निम्ति भौँतारिनु नपर्ने व्यवस्था सरकारबाट हुनुपर्ने बताए।

images
images
images

युवा वर्गलाई स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनीहरूले कृषि क्षेत्र रोजगारी प्रमुख स्रोत भएकाले आधुनिक कृषि प्रणाली र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्ने बताए। रासस


प्रकाशित : मंगलबार, साउन २७ २०८२१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend