आइतबार, असोज ६ गते २०८१    
images
images

उद्घाटनको दिन पर्खंदै जयनगर-कुर्था रेल 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
images
images
उद्घाटनको दिन पर्खंदै जयनगर-कुर्था रेल 

रेल चलेपछि हालका लागि ६० जना नेपाली र १४ जना भारतीय कर्मचारी आजदेखि काममा खटिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

images
images


जनकपुर- जयनगर-कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छ। 

images
images
images

जयनगर-कुर्था रेल मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन्।

भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई खबर पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए। 

'कोंकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं', उनले भने, 'तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन्।' तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उनको कथन छ।

images

'उद्घाटनको ढिलाइका कारण मात्र रेल चलाउन समस्या भएको छ', महाप्रबन्धक झाले भने, 'नभए रेल चलाउन कुनै समस्या अब छैन, हामीले सबै तयारी गरिसकेका छौँ।' उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउँछौँ, अब ढिलाइ हुँदैन उनको भनाइ थियो। 

Manang Talgaun.jpg

रेल सेवा उद्घाटन नभएसम्म नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ। अहिले बिना यात्रु दैनिक जयनगरदेखि कुर्था र कुर्थाबाट पुनः जयनगर रेल सेवा सञ्चालन भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

नियमित रेल चलाउन रेल्वे लिक कब्जा गरिएका ठाउँ खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ। अनुमति बिना रेल्वे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी काममा खटिएको छ। रेल्वे लिकमा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ड्राई सेवा सञ्चालन गरिएको उल्लेख गर्दै महाप्रबन्धक झाले यसबाट लामो समयदेखि थन्किएको रेल सेटको अवस्था कस्तो छ त्यसबारेमा समेत प्रष्ट हुने बताए।

सञ्चालनका लागि दुबै रेलको इन्जन र बोगी एउटैमा जोडिएको छ। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो। रेल चलेपछि हालका लागि ६० जना नेपाली र १४ जना भारतीय कर्मचारी आजदेखि काममा खटिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुङ्गो लागेको छ। जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए। रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन एक पटक आउने र जाने गरी रेल चलाउने र त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा २/३ पटक सम्म पनि रेल चलाउन सकिने तयारी गरेको महाप्रबन्धक झाले बताए। 

भारत सरकारको ८ अर्ब ७७ करोड (नेपाली रुपैयाँ) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेल मार्गमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेसनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ। नेपाल रेल्वे कम्पनीमा नयाँ महाप्रबन्धक नीरन्जन झा आएपछि स्थानीयवासीलाई रेल चल्ने विश्वास जागेको हो। 

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० यात्रुसम्म बसेर/उभिएर यात्रा गर्न सक्छन्। यात्रुबाहक रेल भएकाले यसमा यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ। नेपालमा राणाकालमा वि.सं. १९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो। झण्डै एघार वर्षपछि वर्तमान सरकारले रेल सेवा सुरु गर्न लागेको बताइएको छ। रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend