बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’, उत्पादन घट्दा पर्नसक्छ आर्थिक प्रभाव

images
मंगलबार, साउन २७ २०८२
images
images
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’, उत्पादन घट्दा पर्नसक्छ आर्थिक प्रभाव

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन्।

images
images

चितवन- यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ। यहाँको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो।

images

कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो। कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको संक्रमण भएको पुष्टि भएको हो।

images
images

उनका अनुसार ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो। यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ। जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए। उनले भने, 'प्रत्यक्षरूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ।'

images
images
images

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन्। उनले भने, 'कुखुराले चारा खाने, हिँड्डुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नु हुँदैन।'

नेपालमा यो रोग काठमाडौंमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए। कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए। ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए।

चितवनसहित १६ जिल्लाबाट संकलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ। गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ। जसबाट ‘लो प्याथोनिक एभिएन इन्फुलुन्जा’ (एच-नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी (इन्फुलुन्जा व्रोङ्गकाइटिस) दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो। सो परीक्षणबाट इकोलाई सातसय ८५ वटामा र साल्मोनेला एकसय १२ वटामा देखिएको उनले बताए। जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन्।

फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निःसंक्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसंक्रमण गर्नुपर्ने हुन्छ। रासस 


प्रकाशित : मंगलबार, साउन २७ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend