बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

भारतले दियो २०० मेगावाट थप विद्युत निर्यातको स्वीकृति, अब कुल १०५०.९ मेगावाट निर्यात गर्न पाइने

images
मंगलबार, साउन २७ २०८२
images
images
भारतले दियो २०० मेगावाट थप विद्युत निर्यातको स्वीकृति, अब कुल १०५०.९ मेगावाट निर्यात गर्न पाइने

आर्थिक वर्ष ८१/८२ मा विद्युत निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो।

images
images

काठमाडौं- भारत सरकारले नेपालका पाँच जलविद्युत आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत थप रूपमा खरिद गर्ने सहमति दिएको छ।

images

यसअघि भारतलाई अनुमति प्राप्त विद्युत निर्यात क्षमता ८१०.९ मेगावाट रहेकोमा यो सहमतिसँगै कुल निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ।

images
images

नेपालले बंगलादेशलाई समेत ४० मेगावाट विद्युत निर्यात स्वीकृति पाइसकेको छ भने यसरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।

images
images
images

यो स्वीकृति गत श्रावण २६ गते भारत सरकारले प्रदान गरेको हो र आगामी आर्थिक वर्ष २०८२ को असोज ११ गतेदेखि कात्तिक १५ गतेसम्म लागू रहने छ। स्वीकृत विद्युत लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला–ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत हो।

आर्थिक वर्ष ८१/८२ मा विद्युत निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो।

भारतबाट प्राप्त यस नयाँ स्वीकृति र आगामी थप अनुमति पाएसँगै चालु आवमा विद्युत निर्यातको आय दोब्बर हुने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, साउन २७ २०८२०८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend