बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

नबिल बैंकको नाफा ७ अर्ब १२ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी २६.३४ रुपैयाँ

images
मंगलबार, साउन २७ २०८२
images
images
नबिल बैंकको नाफा ७ अर्ब १२ करोड रुपैयाँ,  प्रतिसेयर आम्दानी २६.३४ रुपैयाँ

नबिल बैंकले गत वर्ष ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा नाफा १५.०१ प्रतिशतले बढी हो।

images
images

काठमाडौं- नबिल बैंकले गत वर्ष ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा नाफा १५.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

images

गत वर्ष बैंकको खुद ब्याज आम्दानी भने ०.०६ प्रतिशतले बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँभन्दा अलिक बढी हो।

images
images

बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशतले वृद्धि भई १ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ११.३९ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढेको हो।

images
images
images

खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशतले वृद्धि भई २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा भने २५.४४ प्रतिशतले वृद्धि भएर १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ पुगेको छ।

समीक्षा वर्षमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा कोष ११.८८ प्रतिशतले बढेर ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन १३.५३ प्रतिशतले वृद्धि भई ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी १०.४९ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब ६२ अर्ब ९ करोड ७४ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी ३.४४ रुपैयाँले बढेर २६.३४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा कायम छ।

गत वर्ष बैंकको खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ। बैंकको रिटर्न अन इक्विटी ११.६४ प्रतिशत रहेको छ।


प्रकाशित : मंगलबार, साउन २७ २०८२०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend