आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ

मंगलबार, साउन २७ २०८२
हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ

हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

काठमाडौं- हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको खुद नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा पुगेको छ। जुन अघिल्लो वर्ष ६ रुपैयाँ ७५ पैसा थियो। बैंकले चौथो त्रैमाससम्म २७ अर्ब ७० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज खर्च कटाएपछि ब्याज आम्दानी शुद्ध १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

शुल्क तथा कमिशन आम्दानीसहित बैंकको सञ्चालन आम्दानी १३ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३ अर्ब ६० करोड रुपैयाँभन्दा केही घटेको हो।

यस अवधिमा बैंकले करपूर्व नाफा ३ अर्ब ३६ करोड रुपैयाँ कमाएको छ। बैंकको कुल कर्जा प्रवाह २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्षको तुलनामा कर्जा र निक्षेप दुवैमा वृद्धि भएको देखिन्छ। 

यो अवधिसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब ७२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद पुँजी ३७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। चालु त्रैमासअन्त्यमा बैंकको राखी नाफा नकारात्मक ७ अर्ब १० करोड रुपैयाँ छ, जसमा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ।

 


प्रकाशित : मंगलबार, साउन २७ २०८२०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend