बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

चिनियाँ वर्णशंकर धान चितवनमा रोपियो, उत्पादन राम्रो भए देश भरी पुर्‍याउने योजना

images
सोमबार, साउन २६ २०८२
images
images
चिनियाँ वर्णशंकर धान चितवनमा रोपियो, उत्पादन राम्रो भए देश भरी पुर्‍याउने योजना

सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ। हरेक जातका धानको तीनसय ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ।

images
images

चितवन- चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशंकर धान रोपाइँ कार्यक्रम गरिएको छ। चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशंकर धान परीक्षणका रूपमा रोपिएको हो।

images

नेपालका लागि चिनियाँ राजदूत चेन सङको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो। सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ। हरेक जातका धानको तीनसय ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ।

images
images

धान रोपाइँ सुरू गर्नुअघि आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन गएको बेला भएको सम्झौताअनुसार यो महत्त्वपूर्ण कार्यले मूर्तरूप लिएको बताइन्।

images
images
images

आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुंगा साबित हुने बताए। नेपालको चितवन र झापा धान उत्पादनमा अग्रणी जिल्ला भएको भन्दै उनले यहाँ राम्रो उत्पादन हुने वर्णशंकर जातलाई देशभर विस्तार गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताइन्।

कार्यक्रममा राजदूत सङले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताए। चीनले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बीउको उपहार नेपाललाई दिएको उनले बताए।

यससँगै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको उनको भनाइ थियो।  ‘आउँदा वर्षहरूमा नेपालको धानको उत्पादन बढाउन यो सहयोग हुनेछ’ राजदूत सङले भने। चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धि नेपाललाई हस्तान्तरण गर्न लागेको उनको भनाइ थियो।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले चिनियाँ सरकार, भरतपुर महानगरपालिकालगायत विभिन्न संघसंस्था र विज्ञहरूको सहयोगले यो परियोजना सफल भएको बताए।

परीक्षण सफल भएमा यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने उनको विश्वास थियो। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्यक्षेत्र संयोजक राजु बराललगायतले बोलेका थिए।

बरालका अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशंकर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ। यस क्रममा कृषकलाई तालिमसमेत दिइँदै छ। विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशंकरलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिससमेत गर्न सक्ने छ।

नेपालमा हालसम्म एउटा मात्रै वर्णशंकर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ। त्यो जात हर्दिनाथ हाइब्रिड एक भएको बरालले जानकारी दिए। कृषकले विदेशबाट आयातित गरेर अन्य जात प्रयोग गर्दछन्। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend