बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

लम्पी स्किन रोग : एक महिनामा चितवनमा ३० पशुचौपाया मरे, बढ्दैछ किसानलाई चिन्ता

images
सोमबार, साउन २६ २०८२
images
images
लम्पी स्किन रोग : एक महिनामा चितवनमा ३० पशुचौपाया मरे, बढ्दैछ किसानलाई चिन्ता

पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन्।

images
images

चितवन- पशु चौपायमा लाग्ने लम्पी स्कि नरोगबाट चितवन जिल्लामा ३० वटा गाईगोरु मरेका छन्। पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन्।

images

कार्यालयका सूचना अधिकारी डा. सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका सातसय ९३ वटा गाईगोरु, भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ। जसमध्ये भैँसी/राँगा चार र गाईगोरु सातसय ९३ वटा रहेका छन्।

images
images

लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उनले जानकारी दिए। उनका अनुसार सो पालिकामा हालसम्म चारसय २५ वटा पशु चौपाया प्रभावित भएका छनभने २२ वटा मरेका छन्। रत्ननगरमा एकसय ९१ वटा पशु चौपाया प्रभावित भएका छन्।

images
images
images

जहाँ चारवटा गाई गोरु मरेका छन्। यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशु चौपाया सङ्क्रमित भएका छन्। भरतपुर महानगरपालिकामा चारवटा पशु चौपाया मरेको उनले जानकारी दिए।

उनका अनुसार रत्ननगरमा तीन र राप्तीमा एउटा  भैँसी/राँगा प्रभावित भएका छन्। जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको सङ्ख्या बढेको छ। हालसम्म ५९ हजार ९ सय ७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप दिई सकिएको उनकाो भनाइ छ।

गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिन्छ।

ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्दछन्। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताए। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend