बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

तारे होटलमा कोदोको सेल, विदेशी पाहुनाको रोजाइ बन्दै

images
सोमबार, साउन २६ २०८२
images
images
तारे होटलमा कोदोको सेल, विदेशी पाहुनाको रोजाइ बन्दै

पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ।

images
images

काठमाडौं- नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो। कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन्।

images

पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ।

images
images

पाँचतारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिबार प्रस्तुत गरेका दर्जनौ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो। ग्राहककै अगाडि तयार बासनादार सेलरोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो।

images
images
images

रिसोर्टको डाइनिङ हल नै सेलरोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए। कोदोको सेलरोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी-थपी खाए। रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेलरोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए।

नेपाली परिकारको छुट्टै लाइभ-किचन रहेको स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो। नेपाली खाना प्रबर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो।

नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मुतरूप दिएको हो। उनको टोलीमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र संगम मोक्तानले सघाएका थिए।

विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रबर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरु बताउँछन्। होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रबर्द्धन सबैको साझा दायित्व भएको बताउँछन्।

‘नेपाली रैथाने खाना संरक्षण र प्रबर्द्धनसँगै यसको व्यवसायिकतालाई पनि जोड्नुपर्छ’, अध्यक्ष शाहले भने, ‘नेपाली खानाको धेरै माग छ। ठूला तारे होटलमा नेपाली मेन्यू आवश्यक छ।’ अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ।

नेपाली पर्यटकको चहल पहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए। ‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो’ संयोजक सापकोटाले भने।

सेफ कँडेलले नेपाली खानालाई प्रबर्द्धन गर्न पाँचतारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए। विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए।

‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर विस्तारै कोदो फापर सिस्नोजस्ता परिकारलाई कलात्मक ढंगले प्रस्तुत गर्नसके सबै होटल रेस्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ’ उनले भने।

अभियानले यसअघि विभिन्न रेस्टुराँमार्फत नेपाली खानाको प्रबर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच संस्करण सम्पन्न गरिसकेको छ। यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend