बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

लगातारको वर्षाले बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध

images
सोमबार, साउन २६ २०८२
images
images
लगातारको वर्षाले बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध

बर्सातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारीचालकहरूले बताएका छन्।

images
images

बैतडी- लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन्। बर्सातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारीचालकहरूले बताएका छन्।

images

ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताए। उनले भने, 'बर्सातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न निकै समस्या हुने गरेको छ। सडकहरू स्तरोन्नति नहुँदा निकै जोखिम पनि छ।'

images
images

जिल्लाको सतबाँझ-सुर्नया सडकमा स्तरोन्नतिको काम भइरहेको छ। स्तरोन्नति कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ। तर बर्सातको समयमा उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारीसाधन सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरूले बताएका छन्।

images
images
images

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर-हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ। बर्सातको समयमा ठूलो बसहरू सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन्।

जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत बर्सातको समयमा सवारीसाधन चलाउन मुस्किल हुने गरेको सवारीचालकहरूले बताएका छन्। देहीमाडौँ-गिरेगडा, सिल्लेगडा-कटौजपानी, मेलौली-पञ्चेश्वरलगायत सडकमा बर्सातको समयमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ। यसका साथै पाटन-सकार-कैलपाल सडक, धर्मघर-सनशेरीमाडौँ सडक, देहीमाडौँ-दुर्गाभवानी सडक, देहीमाडौँ-सुरकाल सडक पनि वर्षाका कारण अवरुद्ध छन्। 

बर्सातले ग्रामीण सडक ठाउँठाउँमा भत्किएकाले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परिरहेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताए। उनले भने, 'वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुने र पहिरोको समेत डर हुने गरेको छ। जोखिम मोलेर सवारी चलाउनुपर्छ।'

ग्रामीण कच्ची सडकहरू पूर्णरूपमा सञ्चालन नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन्। जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेका छन्। कच्ची सडकहरूमा बर्सातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन्।

कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रहेको दोगडाकेदार-१ रिमका हरिस साउँदले बताए। उनले भने, 'ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री आकस्मिक कामका लागि जानुपरेमा ढुवानीमा समस्या हुने गरेको छ।' रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend