बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

विकाससँगै निम्तिएको विनाश : १० वर्ष पहिला सडक बनाउँदा सुरु भएको पहिरोले गाउँ नै जोखिममा

images
सोमबार, साउन २६ २०८२
images
images
विकाससँगै निम्तिएको विनाश : १० वर्ष पहिला सडक बनाउँदा सुरु भएको पहिरोले गाउँ नै जोखिममा

पातीचौर-देउपुर-लप्सीबोट सडक निर्माणपछि करिब एक दशकदेखि सुरूआत भएको कोरुङको पहिरो बढ्दै गएर बस्तीतर्फ पुगेको हो।

images
images

पर्वत- लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरको कोरुङ गाउँ जोखिममा परेको छ।

images

भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिंगो गाउँनै जोखिममा परेको हो। यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ।

images
images

पातीचौर-देउपुर-लप्सीबोट सडक निर्माणपछि करिब एक दशकदेखि सुरूआत भएको कोरुङको पहिरो बढ्दै गएर बस्तीतर्फ पुगेको हो। अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।

images
images
images

पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ। घर क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थानतर्फ सारिएको छ।

बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ। पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिए। केही वर्ष पहिलेदेखि सुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा वर्षेनी झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्।

पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्तीनै दुर्घटनामा पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं. १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो।

पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ। यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ। गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ।

अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिए। विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनको भनाइ छ। नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ-ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ।

वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन्। वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन्। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend