बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

पहिरोले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

images
सोमबार, साउन २६ २०८२
images
images
पहिरोले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ।

images
images

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

images

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

images
images

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी-जोमसोम-कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताए।

images
images
images

वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनको भनाइ छ। सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ।

प्रतिकूल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा बन्द छ। स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन्। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend