बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

एआईको तीव्र विकासले परम्परागत आईटी सेवा प्रभावित, भारतमा व्यापक रोजगारी कटौती, नेपालमा कस्तो असर होला?

images
मंगलबार, साउन २७ २०८२
images
images
एआईको तीव्र विकासले परम्परागत आईटी सेवा प्रभावित, भारतमा व्यापक रोजगारी कटौती, नेपालमा कस्तो असर होला?

नेपालमा झन्डै एक खर्बको यस्तो सेवा निर्यात हुँदै आएको छ। नेपाली कम्पनीहरूले वर्षमा एक खर्ब रुपैयाँबराबरको विदेशी मुद्रा यस्तो कामबाट भित्र्याउँछन्।

images
images

काठमाडौं- भारतको सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो रोजगारदातामध्येको एक टीसीएस (टाटा कन्सलटेन्सी)ले ठूलो संख्यामा रोजगारी कटौतीको घोषणा गरेको छ। आगामी तीन वर्षभित्र १२ हजार रोजगारी कटौती गर्ने उक्त कम्पनीको घोषणाले भारतीय बजार तरंगित भएको छ। 

images

भारतमा मध्यमवर्गको विकासमा ठूलो भूमिका खेलेको आईटी क्षेत्र आफै संकटमा पर्दै गएको र यसले बेरोजगारी र सुधारिँदै गएको जीवनस्तर प्रभावित हुनसक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्। अन्वेषणभन्दा पनि सर्भिसिङमा आधारित आईटी क्षेत्र भएकाले यसलाई तत्काल एआईले प्रभावित पारेको भन्दै कम्पनीहरूलाई अनुसन्धान र विकासमा केन्द्रित हुन सरकारले प्रेरित गर्नुपर्ने सुझाव पनि दिएका छन्। 

images
images

भारतको जीडीपीमा ८ प्रतिशत योगदान दिने आईटी क्षेत्रको प्रकृति विशेषगरी बीपीओ (बिजनेस प्रोसेस आउटसोर्सिङ) रहेको छ। जायन्ट प्रविधि कम्पनीहरूको दुई तिहाइभन्दा धेरै राजस्व यस्तै कामबाट पाउँछन्। पुराना सफ्टवेयर र प्रणालीको मर्मत तथा अन्य सामान्य काममा उनीहरूको ध्यान केन्द्रित हुने गरेको छ। 

images
images
images

अन्वेषण र विकासभन्दा आउटसोर्सिङको काम गर्ने र सस्तो श्रम भएकाले पश्चिमा टेक जायन्टहरूले भारतीय कम्पनीले यस्तो काम दिँदै आएका थिए। तर पछिल्लो समय ठूला टेक जायन्टको कामको प्रकृति नै फेरिएकाले आम्दानीमा सुधार देखिएको छैन।

पछिल्लो तीन वर्षदेखि नयाँ रोजगारी सिर्जनामा कमी देखिएको थियो। अहिले ठूलो संख्यामा कर्मचारीको लागत घटाउने योजनामा कम्पनीहरू लागेका छन्। 

भारतका ठूला कम्पनीले जस्तो काम गर्छन् नेपालमा पनि सोही प्रकृतिको काम रहेको छ। नेपालमा झन्डै एक खर्बको यस्तो सेवाको निर्यात हुँदै आएको छ। नेपाली कम्पनीहरूले वर्षमा एक खर्ब रुपैयाँबराबरको विदेशी मुद्रा यस्तो कामबाट भित्र्याउँछन्। 

५० हजारभन्दा धेरै जनशक्तिले रोजगारी पाएपनि भारतको भन्दा पनि सस्तो श्रम भएकाले पछिल्लो समय नेपाली कम्पनीले पनि यस्तो काममा पहुँच बढाउँदै आएका छन्। विकासभन्दा पनि आउटसोर्सिङमै भर परेको तर जग नै बसाल्न नसकेको नेपाली आईटी क्षेत्रमा पनि असर देखिन थालेको छ। 

नेपालमा यस्तो काममा संलग्नहरुका अनुसार ठ्याक्कै असरको अनुमान त गरिएको छैन। अनौपचारिक धेरै भएका कारण यस्तो असरको अनुमान नभएपनि संस्थागत रुपमा कर्मचारीको भर्ना भने निकै घटेको छ। 

नेपालले पछिल्लो समय विदेशी मुद्रा आर्जन र रोजगारीका लागि निकै आशा गरेको यो क्षेत्रको आधारभूत व्यवसाय नै धराशायी हुने जोखिम बढेको छ। विश्व बजारले माग गरेअनुसारको जनशक्ति र क्षमता नै विकास नभएको अहिलेको समयमा नेपालको आईटी क्षेत्र झन् धेरै प्रभावित हुने यही क्षेत्रमा लागेकाहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, साउन २७ २०८२१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend