आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सानिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड पुग्यो, वितरणयोग्य नाफामा उछाल

सोमबार, साउन २६ २०८२
सानिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड पुग्यो, वितरणयोग्य नाफामा उछाल

बैंकले गत आवमा २ अर्ब ७१ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको २ अर्ब ३१ करोड ७९ लाख रुपैयाँभन्दा ७.२४ प्रतिशत बढी हो।

काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा खुद नाफामा उल्लेखनीय वृद्धि गरेको छ।

बैंकले गत आवमा २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको २ अर्ब ३१ करोड ७९ लाख रुपैयाँभन्दा ७.२४ प्रतिशत बढी हो।

सानिमा बैंकको खुद ब्याज आम्दानी पनि २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ६ अर्ब १८ करोड १६ लाख रुपैयाँ थियो। बैंकको संचालन नाफा २.९७ प्रतिशत वृद्धि हुँदै ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, खुद नाफा वृद्धिदर सामान्य भए पनि बैंकको वितरणयोग्य नाफा भने दोब्बरजस्तो वृद्धि भएको छ। गत आवमा वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ रहेकोमा यसवर्ष ९२.१३ प्रतिशत वृद्धि भई २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्षम भएको छ।

सानिमा बैंकको खराब कर्जा पनि अघिल्लो आवको तुलनामा बढेर १.२१ प्रतिशत कायम भएको छ। हाल बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ संचित छ।


प्रकाशित : सोमबार, साउन २६ २०८२०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend