बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

एभरेष्ट बैंकको नाफा ५ अर्ब नजिक, लाभांश क्षमता ३८.२७ प्रतिशत

images
सोमबार, साउन २६ २०८२
images
images
एभरेष्ट बैंकको नाफा ५ अर्ब नजिक, लाभांश क्षमता ३८.२७ प्रतिशत

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सोमबार सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.८० प्रतिशतले बढेको हो।

images
images

काठमाडौं- एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सोमबार सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.८० प्रतिशतले बढेको हो।

images

गत आवमा बैंकको खुद नाफा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम ३ अर्ब ६९ करोड ६८ लाख रुपैयाँ मात्र थियो।

images
images

वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले वृद्धि भई ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ थियो।

images
images
images

संचालन नाफा पनि ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानी र संचालन नाफामा आएको यस वृद्धिले नै खुद नाफा बढ्न मद्दत गरेको बैंकको विवरणमा उल्लेख छ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ थियो। यस आधारमा बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखाएको छ, जुन अघिल्लो वर्ष ३८.०६ प्रतिशत थियो।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ र जगेडा तथा कोष १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा पुगेको छ। खराब कर्जा ०.३८ प्रतिशतमा झरेको छ।  जुन अघिल्लो वर्ष ०.७१ प्रतिशत थियो।


प्रकाशित : सोमबार, साउन २६ २०८२०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend