बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

चार संसदीय समितिको बैठक आज बस्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २६ २०८२
images
images
चार संसदीय समितिको बैठक आज बस्ने

निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ।

images
images

काठमाडौं- संघीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ।

images

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ। कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ। 

images
images

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

images
images
images

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२०६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend