काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले घटेर ९६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला ९७ हजार रूपैयाँ कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रूपैयाँ तोकिएको छ। जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार ५ सय रूपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर १ हजार ३ सय २० रूपैयाँ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ९६ डलर आसपास कारोबार भइरहेको छ।