बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख मूल्यको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख मूल्यको आईपीओ खुला

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित मूल्यमा ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने गरेको हो।

कम्पनिले निष्कासन गरेको साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पुँजी (२५ करोड ५०लाख)को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेपश्चात बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका  बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयर खरिद गर्न आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २५ करोड ५० लाख तथा चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रूपैयाँ रहेको कम्पनीले सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँड पश्चात यसको चुक्ता पुँजी २५ करोड ५० लाख रूपैयाँ पुग्नेछ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइ आर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ। रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८०६:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend