काठमाडौं- प्रहरीले १५ लाख २५ हजार मूल्य बराबरको भन्सार छलीको चामलसहित एउटा गाडी नियन्त्रणमा लिएको छ भने एक जनालाई पक्राउसमेत गरेको छ।
फागुन ९ गते साढे ४ बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भारतबाट भन्सार छलि चोरी पैठारी गरि प्रदेश २-०३-००१ च-२१३८ नम्बरको पिकअपमा लोड गरी नेपालतर्फ भित्र्याइ ल्याउँदै गरेको अवस्थामा जिल्ला रौतहट गौरका ३९ को चन्दन पाण्डेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सो बोलेरो पिकअपमा रहेको प्रतिबोरा २० किलो तौल भएको हाप स्टिम कतरनी चामल १५० बोरा, १ वटा बलोरो पिकअपसमेत गरी जम्मा अनुमानित १५ लाख २५ हजार रुपैयाँ बराबरको चामल बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।