आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

कृषि विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, असार मसान्तसम्म ४ अर्ब १५ करोड

आइतबार, साउन २५ २०८२
कृषि विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, असार मसान्तसम्म ४ अर्ब १५ करोड

कृषि विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

काठमाडौं‍- कृषि विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ थियो।

खुद ब्याज आम्दानी भने ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार रुपैयाँमा सीमित भए पनि बैंकको सञ्चालन नाफा ४१.२७ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ पुगेको छ।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेकोमा, यस वर्षको सोही अवधिमा यो रकम घटेर १० करोड ६२ लाख २१ हजार रुपैयाँमा पुगेको छ। असार मसान्तसम्म वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ पुगेको छ। बैंकको लाभांश दिने क्षमता प्रति शेयर १५ रुपैयाँ ५८ पैसामा पुगेको छ, जुन अघिल्लो वर्षको ४ रुपैयाँ ९ पैसाभन्दा धेरै हो।

बैंकको खराब कर्जा ३.२६ प्रतिशतमा झरेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो ३.९१ प्रतिशत थियो। गत आर्थिक वर्षमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड २० लाख ७३ हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा भएको छ भने प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसामा पुगेको छ।


प्रकाशित : आइतबार, साउन २५ २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend