आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजारमा गएको साता लगानीकर्ताले गुमाए १ खर्ब १९ अर्ब, यो साता के होला?

आइतबार, साउन २५ २०८२
सेयर बजारमा गएको साता लगानीकर्ताले गुमाए १ खर्ब १९ अर्ब, यो साता के होला?

धितोपत्र दोस्रो बजारमा एकसातामै लगानीकर्ताले १ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीले सम्पत्ति गुमाएका छन्। अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा गतसाता कुल बजार पुँजीकरण १ खर्ब १९ अर्बले घटेको हो।

काठमाडौं- धितोपत्र दोस्रो बजारमा एकसातामै लगानीकर्ताले १ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीले सम्पत्ति गुमाएका छन्। अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा गतसाता कुल बजार पुँजीकरण १ खर्ब १९ अर्बले घटेको हो।

अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ४८ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख रुपैयाँ रहेकोमा गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा नेप्से परिसूचक २.४७ प्रतिशतले घटेर २९२२.६३ बिन्दुबाट २८५०.३७ बिन्दुमा सीमित भएको छ।

केही दिन निरन्तर बढेको बजार पछिल्ला दिनमा पुनः घटेपछि लगानीकर्ता संशकित छन्। तर गत साताको अन्तिम कारोबार दिन दोहोरो अंकको सुधारसँगै हरियो मैनबत्ती बनेको र खरीदकर्ताले सस्तोमा सेयर किन्न चाहेकै कारण बजार सुधारको संकेत देखिएको छ।

बजारमा अस्थिरता भने केही समयका लागि जारी रहन सक्ने अनुमान गरिएको छ। लगानीकर्ताले बजारको हालको गिरावटलाई सस्तो मूल्यमा नयाँ अवसरको रूपमा लिन सक्ने र आगामी दिनहरूमा नेगेटिभ लयबाट बजार फर्कन सक्ने सम्भावना छ। बजार पुनः स्थिर र सकारात्मक दिशामा अघि बढ्न सोमबारदेखि सुरु हुने कारोबारले संकेत गर्ने विश्लेषकहरुको बुझाइ छ।

सेन्सेटिभ इन्डेक्स समेत २.१९ प्रतिशतले घटेको छ। कारोबार रकम र कित्तामा समेत ठूलो कमी आएको छ। कुल कारोबार रकम ४९ प्रतिशत घटेर ४९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीमा पुगेको छ भने कुल कारोबार कित्ता करिब ४१ प्रतिशत घटेर १२ करोड ९६ लाखभन्दा बढीमा सीमित भएको छ।

अघिल्लो साताको तुलनामा गत सातामा ४७ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले कुल कारोबार रकम र ८ करोड ९१ लाखभन्दा बढीले कारोबार कित्ता घटेका छन्। औसत कारोबार दैनिक रकम ९ अर्ब ८ करोड रुपैयाँ र औसत कारोबार कित्ता २ करोड ५७ लाखमा सीमित भएको छ।

व्यापारबाहेक सबै सूचकमा गिरावट

साप्ताहिक समूहगत सूचकमा गतसाता व्यापारिक समूहको परिसूचक ०.०९ प्रतिशतले मात्र बढेको छ। भने बाँकी सबै समूह घटेका छन्। तीमध्ये अन्य समूहको परिसूचक ५.२५ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावट आएको छ।

त्यसपछि विकास बैंक ४.४२ प्रतिशत, निर्जीवन बीमा ३.४३ प्रतिशत, वित्त ३.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.१६ प्रतिशत, लगानी ३.०८ प्रतिशत, जीवन बीमा २.८२ प्रतिशत, जलविद्युत २.०५ प्रतिशत, होटल तथा पर्यटन १.८० प्रतिशत, बैंकिङ १.७४ प्रतिशत, म्युचुअल फन्ड ०.३९ प्रतिशत र लघुवित्त ०.२१ प्रतिशत घटेका छन्।


प्रकाशित : आइतबार, साउन २५ २०८२०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend