बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

युनाइटेड मर्दी हाइड्रोपावरमा तेस्रो दिन पनि कारोबार सुरु भएलगत्तै सकारात्मक सर्किट, के बोनस दिन लागेको हो?

बुधबार, फागुन ११ २०७८
युनाइटेड मर्दी हाइड्रोपावरमा तेस्रो दिन पनि कारोबार सुरु भएलगत्तै सकारात्मक सर्किट, के बोनस दिन लागेको हो?

काठमाडौं-  युनाइटेड इदी-मर्दी एन्ड आर वि हाइड्रोपावर लिमिटेडको सेयर कारोबारमा लगातार तीन दिनदेखि सकारात्मक सर्किट लागेको छ। 

सोमबार र मंगलबार सकारात्मक सर्किट लागको मर्दी हाइड्रोपावरको सेयरमा बुधबार झन कारोबार सुरु भएको केही समयमै सकारात्मक सर्किट लागेको हो। बुधबार प्रतिकित्ता ९१.८० रुपैयाँले वृद्धि भएर १ हजार १० रुपैयाँ  १० पैसामा कारोबार भएको छ।

यसअघि सोमबार र मंगलबार पनि यो हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

किन यसरी यसको मूल्य बढेको छ भनेर हामीले केही लगानीकर्तालाई सोधेका थियौँ। यो हाइड्रोपावरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर यसका कारण केहीमात्र प्रभाव परे पनि अहिले बढिरहेको अवस्थामा यसले असर नपारेको उनीहरूले बताए।

यसैगरी यो कम्पनीले बोनस दिन सक्ने अवस्था पनि नरहेको केही विश्लेषकहरूको भनाइ छ। यो कम्पनीको सेयरमा ठूला लगानीकर्ताको चलखेलका कारण अहिले कर्नरिङ भएको लगानीकर्ताको दाबी छ। 

एकै कम्पनीको हातमा ७० प्रतिशतभन्दा बढी सेयर भइसकेको लगानीकर्ताहरूको दाबी छ। कर्नरिङ गर्नेहरुको लगानी प्रतिसेयर ६ सय २० रुपैयाँको हाराहारीमा रहेको र यसलाई अब केही घटाएर ९ सय ५० रुपैयाँमा बिक्री गरेर कर्नरिङ गर्नेहरु बाहिरिने तयारीमा रहेका छन्। जसका कारण सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको हो।

पछिल्लो समय ५२ हप्तामा सबैभन्दा उच्च मूल्यमा सोमबारकै मूल्य कायम भएको छ। यसअघि पछिल्लो ५२ हप्तामा न्यूनतम मूल्य भने २२० रुपैयाँमा कारोबार भएको थियो। नेप्सेमा ४२ लाख कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ। 

विद्युत  बिक्रीबाट कम्पनीले गत वर्ष  १० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो। 


प्रकाशित : बुधबार, फागुन ११ २०७८०५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend