शनिबार, साउन २४ गते २०८२    
शनिबार, साउन २४ २०८२
images
images

मधेस प्रदेशमा लम्पी स्किन सङ्क्रमण : एक हजार सातसय पशु मरे, २३ हजार बढी निको

images
शनिबार, साउन २४ २०८२
images
images
मधेस प्रदेशमा लम्पी स्किन सङ्क्रमण : एक हजार सातसय पशु मरे, २३ हजार बढी निको

हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ।

images
images

जनकपुरधाम- लम्पी स्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन्। प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पी स्किनबाट ५२ हजार ६ सय ८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार सातसय ९ वटा  पशु उपचारबाट निको भएका छन्।

images

लम्पी स्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन्। रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ।

images
images

अभियानअन्तरगत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ। मन्त्रालयका अनुसार दुई लाख ३१ हजार पाँचसय १५ पशुलाई विज्ञकेन्द्रमार्फत  खोप दिइएको छ।

images
images
images

स्थानीय तहमार्फत धनुषामा पाँचसय ६६, सर्लाहीमा एकसय ७५ तथा रौतहटमा तीन हजार सातसय पशुलाई खोप लगाइएको छ। रासस


प्रकाशित : शनिबार, साउन २४ २०८२१७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend