आइतबार, असोज ६ गते २०८१    
images
images

१ करोड ५० लाख खर्चेर भरतपुरको पहाडी क्षेत्रमा खानेपानी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
images
images
१ करोड ५० लाख खर्चेर भरतपुरको पहाडी क्षेत्रमा खानेपानी

योजनाबाट ८३ परिवार लाभान्वित भएका छन्। सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ।

images
images

चितवन- खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ। योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

images
images
images

१ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण गरिएको सो योजनाको मङ्गलबार उद्घाटन गरिएको छ। भरतपुर महानगरपालिका-२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरे।

सङ्घीय सरकारको एक करोड, भरतपुर महानगरको ३५ लाखको लागतमा जनसहभागितामा निर्माण गरिएको योजनाबाट ८३ परिवार लाभान्वित भएका छन्। सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ।

महानगर प्रमुख दाहालले वडा नं २९ को खानेपानी समस्या अब सधैँका अन्त्य भएको भन्दै खुसी व्यक्त गरिन्। उनले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताइन्। उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको बताइन्।

images

यसअघि त्यहाँका स्थानीयवासी ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए। गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन। अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानाले बिहानभरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताए। उनले भने, 'पानी अभावमा बारीमा तरकारी लागाउन समस्या भएको थियो, अब त्यो हट्ने भयो।' रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend