शनिबार, साउन २४ गते २०८२    
शनिबार, साउन २४ २०८२
images
images

देशभरी संस्कृत दिवस, जनैपूर्णिमा र रक्षाबन्धन पर्वको रौनक

images
शनिबार, साउन २४ २०८२
images
images
देशभरी संस्कृत दिवस, जनैपूर्णिमा र रक्षाबन्धन पर्वको रौनक

यसैबीच आजै जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन पनि हो।

images
images

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि.सं. २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो।

images

प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्व संस्कृत दिवसको आठौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाउन लागिएको हो।

images
images

आठौँ विश्व संस्कृत दिवसको मूल समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ काठमाडौंमा आयोजना गरिएको विश्व संस्कृत दिवस कार्यपरिषद (आयोजक समिति)का संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयले जानकारी दिए।

images
images
images

संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको संकल्पकर्ता डा. निर्मलमणी अधिकारीले बताए।

यसैबीच आजै जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन पनि हो। हिन्दुधर्मावलम्बि नेपालीहरुले हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन्। रासस


प्रकाशित : शनिबार, साउन २४ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend